काठमाण्डौ । नेपाल अधिराज्यभर १४ वटा सामसङका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ । 

सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङ इलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक युबिय मवोन, आइएमएस ग्रुपका प्रमुखकार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसङ इलेक्ट्रोनिक्सका जुङ्सिक (बबि) योले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा बोल्दै आइएमएस ग्रुपका प्रमुखकार्यकारी अधिकृत दिकेश मल्होत्राले भने, “हाम्रा अमूल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नु हो।’