काठमाण्डौ । गणेश चतुुर्थीसँगै हिन्दूहरुको मुख्य चाडपर्वहरुको सुरुवात भएको छ । भगवान गणेशले आफ्ना भक्तहरुलाई जीवनमा धनसम्पत्ति, समृद्धि तथा ऐश्वर्यले भरिपूर्ण पारिदिन्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । गणपतिको नामले समेत पुकारिने भगवान गणेशप्रतिको यो आस्था तथा उनका भक्तिसँग जोडिएका कतिपय प्रसंगबाट हामीलाई हाम्रो आर्थिक अवस्था मजबुत बनाउने तथा एक उत्तम जीवन जिउने सूत्र प्राप्त हुन्छ । उसो भने हामीले भगवान गणेशबाट के कस्तो प्रेरणा प्राप्त गर्न सक्छौ त ? बुँदागत रुपमा हेरौं :

१.केही ठूलो सोच्नुुहोस्
भगवान गणेशको निकै ठूलो शिरबाट तपाईलाई जीवनमा केही ठूलो कुरा सोच्नुपर्छ भन्ने प्रेरणा मिल्छ । तपाईले यस्तो एउटा धनयोजना बनाउनुपर्छ, जसमा तपाइको अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन लक्ष्य समावेश होस् र उपयुक्त साधनमा लगानी गर्ने व्यवस्था समेत त्यसमै समेटिएको होस् । यसका लागि तपाईले एउटा यस्तो बजेट बनाउनुपर्छ, जसमा आफ्नो हैसियत अनुसार खर्च गर्ने तथा जोखिम उठाउने क्षमतासँगै आवश्यकताको आधारमा अलग अलग विकल्पमा लगानी गर्नका लागि केही पैसा समेत राख्ने व्यवस्था हुनुपर्छ । यस्तो लगानीको विकल्प जुन धेरै चर्चित पनि नहोस्, तर त्यसबाट राम्रो रिटर्न चाहि प्राप्त हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस् । यस्ता ठूला योजनामा म्युचुुअल फण्ड, बिमाको विभिन्न योजनामा लगानी तथा मुद्धती निक्षेपमा बचत लगायत राम्रा विकल्प हुनसक्छन् । 

२.पैसामा अनुशासित हुनुहोस्
भगवान गणेशको आँखा एकाग्रता तथा ध्यानमग्नताको प्रतीक हो । आफ्ना लागि लगानीको एउटा योजना बनाएपछि आफ्नो लक्ष्य हासिल गर्ने प्रयासलाई जारी राख्नुपर्छ भने कहिल्यै पनि हार मान्नु हुँदैन । आफ्नो ध्यान भड्किने वा निराशा पैदा नहोस् भन्नका लागि पैसाको मामलामा अनुशासित बन्नुपर्छ । तपाईको उद्देश्य अनुसार आफ्नो आर्थिक विकास भएको छ कि छैन भन्ने कुरामा विशेष ध्यान दिने गर्नुपर्छ । यसबाहेक आफ्नो लगानीमा आवश्यकताको आधारमा सामान्य हेरफेर गर्न समेत सधैं तत्पर रहनुपर्छ । उदाहरणका लागि यदि बैंकले आफ्नो ब्याजदरमा कटौति गर्यो भने तपाईले पनि आफ्नो बाँकी रहेको इएमआईमा कटौतिका लागि अग्रसरता देखाउनुपर्छ । 

३.सचेत रहनुहोस्
भगवान गणेशको लामो लामो कानबाट तपाईलाई सधैं चनाखो बन्नुपर्ने शिक्षा प्राप्त हुन्छ । यसका लागि तपाईले कुनै विज्ञापन वा साथीको सल्लाह भन्दा पनि भरपर्दा विज्ञहरुको बित्तीय सुुझावका आधारमा निर्णय लिनुपर्छ । सही सल्लाह चिन्ने र उपयुक्त समयमा उपयुक्त बित्तीय निर्णय लिनका लागि समेत तपाई सधै कानो ठाडो बनाएर चनाखो भइरहनुपर्छ । 

४.बजेटमा ध्यान दिने
भनिन्छ, गणेशको पूजा आयोजन गर्दा तपाईलाई आफ्नो अर्थव्यवस्था सुुव्यवस्थित गर्ने शिक्षा प्राप्त हुन्छ । यस्ता पूजाको कार्यक्रम तयार गर्दा खर्चलाई ध्यानमा राखी एक बजेट तयार गर्नुपर्छ र अलग अलग खर्चका लागि आवश्यक अनुपातमा पैसा बाँडफाँड गर्नुपर्छ । तपाईले यहाँबाट शिक्षा लिएर आफ्नो दैनिक जीवनमा आफ्नो अर्थव्यवस्थालाई सुुव्यवस्थित गर्न सक्नुुहुन्छ र आफ्नो आम्दानी तथा खर्चमा नजर राख्न सक्नुुहुन्छ । प्रत्येक महिना आफ्नो आर्थिक बजेट अनुसारकै लगानी तथा खर्च गर्नुहोस् । आफ्नो बजेटअनुसार नै खर्च गर्ने बानीले तपाईलाई पैसा जम्मा गर्न, करबाट बचत गर्न तथा आफ्नो परिवारलाई आर्थिक रुपमा सुरक्षित गर्न निकै ठूलो मद्धत मिल्छ । 

५.टिम वर्क
गणेश पूजा आयोजनका लागि परिवारका हरेक सदस्यको योगदान तथा सहयोगको आवश्यकता पर्छ । आर्थिक लक्ष्य पूरा गर्नका लागि समेत यस्तै योजना तथा सहयोगको आवश्यकता पर्छ । जबसम्म परिवारका प्रत्येक सदस्यले सामूहिक रुपमा बजेटअनुसार कार्य गर्ने तथा खर्च नियन्त्रणमा राख्ने प्रयास गर्दैनन्, तबसम्म आर्थिक लक्ष्य प्राप्त गर्नु निकै कठीन हुन्छ । त्यसकारण जसरी गणेश पूजा आयोजन गर्दा परिवारका सबै सदस्यले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ, यस्तै भूमिकाका कारण मात्र तपाई र तपाईको परिवारको आर्थिक लक्ष्य निर्दिष्ट हुन्छ । 

यसरी हेर्दा भगवान गणेश आफ्नो बुद्धि र धैर्यका लागि निकै चर्चित पनि छन् । तपाईको आर्थिक अवस्था मजबुत बनाउनका लागि यी दुुई चिज अनिवार्य हुन्छ । यसकारण गणेश चतुुर्थीको दिन भगवान गणेशको आशिर्वाद प्राप्त गर्नुहोस् र प्रगति पथमा अगाडि बढ्न उनले दिएको शिक्षाको अक्षरंश पालना गर्नुहोस् । यसमै सबैको भलो छ ।