काठमाण्डौ । गजानन(भगवान गणेशको एक नाम) को विराट शिरलाई उदार सोच र बुद्धिको प्रतिकको रुपमा लिइन्छ । बुद्धि, विद्या र ज्ञानका देवता, श्री गणेशले हामीलाई लगानीसँग जोडिएको कुनै पनि निर्णय लिनुपूर्व सदैव आफ्नो बुद्धि र विवेकको उपयोग गर्न प्रेरित गर्नुहुन्छ । यसका साथै राम्रोसँग विश्लेषण गरेर मात्रै लगानी गर्ने कुरामा समेत प्रेरित गर्नुहुन्छ । 

भगवान गणेशलाई गजकर्ण पनि भन्ने गरिन्छ । उनको जस्तो ठूला कान अन्य कुनै पनि भगवानको छैन । किनकि भगवान गणेश मन लगाएर ध्यानपूर्वक सुन्ने गर्नुहुन्छ र बुद्धिमानीपूर्वक भनिएका प्रत्येक कुरालाई ग्रहण गर्नुहुन्छ । लगानीकर्ताले पनि भगवान गणेशबाट उनको यो गुण अनुशरण गर्न आवश्यक रहेको छ । नयाँ नयाँ विचारहरु र जानकारी ग्रहण गर्नबाट कहिल्यै पनि पछाडि हट्नुहुँदैन । यसका साथै आफ्नो वित्तीय सल्लाहकारको सल्लाह पनि सुन्नुपर्ने हुन्छ।

विशाल पेट 
विशाल पेट भएका कारण भगवान गणेशलाई लम्बोदर पनि भन्ने गरिन्छ । उहाँले राम्रो नराम्रो प्रत्येक चीजलाई समान रुपमा पचाउन सक्नुहुन्छ । उहाँ हामीलाई बताउनुहुन्छ कि जीवनको उतारचढाबबाट नआत्तिएर आफ्नो गतिमा चलिरहनु पर्दछ । आफ्नो क्षमतालाई यति धेरै बढाउनुपर्छ कि बजारको अस्थिरताहरुको हामी माथि कुनै पनि फरक नपरोस् र आफ्नो खराब निर्णयहरुलाई पनि सहन सकियोस् । आफ्नो लक्ष्यलाई सधै याद राख्नुहोस् । विवेकको साथ जोखिम लिनुपर्दछ र आत्तिनु
हुँदैन । 

साना आँखा 
विशाल शरीरका बाबजुद गणेश भगवानका आँखा साना तर तेजिलो हुने गर्दछन् । यसले बाहिरी आर्कषणहरुको बीच ध्यान एकाग्र गर्न सक्ने क्षमतालाई दर्शाउने गर्दछ । लगानीकर्ताको दृष्टिकोणबाट भन्नुपर्दा यदि बजारमा उथलपुथल भयो र उत्पादनको बाढी आयो वा बजेटभन्दा धेरै खर्च गर्नका लागि प्रलोभित गरियो भने तपाईले बिना भड्किदै सधैं सोच विचार गरेर कुनै ठोस योजना बनाउनुपर्दछ । तपाईको रणनीति र त्यो योजनासँग जोडिएको सही कदम उठाउँदा नै तपाइँले आफ्नो लक्ष्यहरु हासिल गर्न सक्नुहुन्छ । 

सानो मुख 
भगवान गणेशको मुख यति सानो छ कि प्रतिमा र तस्बिरमा मुश्किलले देखिन्छ । उहाँ धेरै बोल्नु
हुँदैन । एक लगानीकर्ताका रुपमा तपाइले पनि उहाँबाट प्रेरणा लिनुपर्ने हुन्छ र आफ्नो निर्णय वा लक्ष्यको बारेमा बढाई चढाई बोल्नेबाट बच्नु पर्दछ । तपाइँको मुखभन्दा पनि काम बोल्नु पर्दछ । 

लचिलो गर्धन 
गणेश भगवानलाई बक्रकुण्डको नामबाट पनि चिन्ने गरिन्छ । बक्रकुण्डको अर्थ मोडिएको सूँड भन्ने हुन्छ । यद्यपि उहाँको सूँड अत्यन्तै मजबुत हुन्छ । यसका साथै यसले लचिलोपन र अनुकुलतालाई दर्शाउने गर्दछ । कहिलेकाही समायोजन जरुरी हुने गर्दछ । जब कुनै नयाँ अवसर प्राप्त भयो भने तपाई आफूलाई समायोजित गर्नुपर्दछ, ताकि अतिरिक्त लाभ लिन सक्नुहोस् । आफ्नो पोर्टफोलियोलाई सधै समीक्षा गर्ने गर्नु पर्दछ र राम्रो अवसरको ताकमा रहनु पर्दछ । सम्पत्ति विविधकरण, समयावधि समायोजन र लगानी राशिको दृष्टिबाट सदैव एउटा सीमासम्म परिर्वतन गर्नु पर्दछ । 

गजदन्त
भगवान गणेशलाई एकदन्त भनिए पनि उहाँको दुईवटा दाँत छन् । जसमध्य एउटा खण्डित छ । खण्डित अर्थात टुटेको दाँतले आपतबाट बाहिर निक्लने क्षमतालाई दर्शाउने गर्दछ । त्यस्तै अर्काे दाँतले खराब चिजलाई बाहिर निकाल्ने क्षमतालाई दर्शाउने गर्दछ । यसैप्रकार तपाइँमा गलत निर्णयहरुलाई स्वीकार गर्ने र पोर्टफोलियोबाट खराब लगानीलाई निकाल्ने साहस हुनुपर्दछ । यदि कुनै खराब निर्णयलाई नजरअन्दाज गरिन्छ भने तपाइँका लागि आफ्नो लक्ष्य हासिल गर्न धेरै नै मुश्किल हुने गर्दछ । 

चारवटा हात(चतुर्भुज)
गणेश भगवानको चारवटा हात छन् र यी प्रत्येक हातहरुले लगानीको विभन्नि पक्षहरुलाई दर्शाउने गर्दछ । उहाँको एक हातमा अंकुश छ, यसले हामीलाई बजारमा उतार चढावसँगै आउने सबै चिन्ताहरुबाट टाढा राख्ने काम गर्दछ । दोस्रो हातमा मोदक छ, जसको अर्थ हामीले जहिले पनि आफ्नो लक्ष्य बिर्सन हुँदैन भन्ने हुन्छ । तेस्रो हातमा पाश(डोरी) छ , जसको अर्थ जुन प्रकारले डोरीले कुनै व्यक्तिलाई माथि तान्न सहयोग गर्ने गर्दछ, त्यस्तै हाम्रो लगानीे जीवनमा माथि ल्याउने खालको हुनुपर्दछ । अन्तिम र चौथो हात अभयमुद्रामा छ । जसले लाभ मात्र बढाउनु भन्दा अन्य लक्ष्यलाई पनि दर्शाउँछ । यदि तपाइँ आफ्नो ह्दयलाई सुन्न सक्नुहुन्छ र आवश्यकमा परेकालाई सहयोग गर्न सक्नुहुन्छ भने तपाइँ वास्तवमै भाग्यशाली हुनुहुन्छ । 

मुसा 
भगवान गणेशको बाहन मुसा हो । एउटा मुसालाई नियन्त्रणमा राख्न नसक्दा त्यसले घरलाई समस्यामा राख्न सक्छ । यसले परिवारका सदस्यहरुको सुख शान्ति खलबलाइदिन्छ । यहाँ गणेश भगवान हामीलाई भन्नुहुन्छ कि हामी लोभ लालचबाट बच्दै आफ्ना इच्छाहरुलाई नियन्त्रणमा राख्नु पर्दछ । सफल लगानीको मुख्य आवश्यकताहरुमा एउटा तत्व हो, अनुशासन । प्रत्येक कुरा अनुशासनमा निर्भर हुने गर्दछ । आफ्नो बजेटभन्दा बाहिर कहिल्यै जानु हुँदैन र सामान्य  रहन सहन अपनाउनु पर्दछ । यस प्रकार तपाइँले आफ्नो लक्ष्य चाँडै हासिल गर्न सक्नुहुन्छ । 

शुभारम्भका देवता 
गणेश प्रथम पूजनीय देवता हुनुहुन्छ । कुनै पनि आराधना, अर्चना, अनुष्ठानमा सबैभन्दा पहिले भगवान गणेशको पूजा हुने गर्दछ । लगानी पनि यस्तै नै हो । यसलाई सदैव प्राथमिकता दिनुपर्दछ । खर्च गर्नुभन्दा अघि बचत गर्नु पर्दछ र जीवनको महत्वपूर्ण घटनाहरु भन्दा अघि लगानी गर्ने गर्नुपर्दछ । यदि सुरुवात सही रह्यो भने अन्त्य पनि शानदार हुनेछ । 

बाधाहरु हटाउनेवाला
विघ्नकर्ताको रुपमा गणेश भगवान हाम्रो मार्गमा आउने सबै प्रकारका बाधा अड्चनहरुलाई हटाउने काम गर्नुहुन्छ । राम्रो लगानीले पनि यही काम गर्ने गर्दछ । यसले हाम्रो मार्गमा आउने चुनौति, बाधाहरु र समस्याहरुलाई टाढा गर्नमा हाम्रो मद्दत गर्ने गर्दछ र हामीलाई सुखी जीवन जिउनमा सहयोग गर्दछ । 

साथी 
गणेश भगवानको दुईवटा श्रीमति छन्, ऋद्धि र सिद्धि । सही योजना र उचित लगानीको साथमा हामी पनि सुख समृद्धिको साथ जीवन जिउन सक्दछौं । यदि तपाइँले पनि भगवान गणेशबाट हामीलाई दिनुभएको शिक्षालाई बुझ्नुभयो र यसलाई आचरणमा उतार्नु भयो भने तपाइँको लगानी तपाइँका लागि बरदान सावित हुनेछ ।  

(एजेन्सीको सहयोगमा)