काठमाण्डौ । गत भदौ २५ र २८ गते २ः१५ बजेपछाडिको धितोपत्र किनबेचको राफसाफ तथा फछ्र्यौट आगामी शुक्रबार मात्र हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले स्थगित भएका धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट आगामी असोज ९ गते शुक्रबार हुने जनाएको हो ।

यसअघि भने सिडिएससीले नेप्सेलाई भदो २५ गतेको कारोबार राफसाफ आजै हुने बताएको थियो । तर, भदौ २८ गतेको पनि बाँकी रहेकोले दुवै दिनको राफसाफ शुक्रबार गर्ने निर्णय भएको सिडिएससीले जनाएको छ । 

गत भदौ २५ र २८ गते दिउँसो २ः१५ अगावै भएका ६४० वटा कारोबार रद्ध गरी बाँकी ४ हजार २९७ कारोबारको राफसाफ तथा फछ्र्यौट हुने सिडिएससीको भनाइ छ । यसको मतलब गत भदौ २५ र २८ गते दिउँसो २ः१५ अगाडि सम्पन्न धितोपत्र कारोबारको सबै डिल रद्ध गरिएको छ ।