काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेडले आगामी भदौ ४ गतेदेखि २ बराबर १ (५० प्रतिशत)को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । 

बैंकले १०० रुपैयाँ अंकित दरका २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो । 

साउन १४ गतेसम्म यो बैंकको सेयर खरीद गर्ने तथा आफ्नो नाममा नामसारी गर्नेहरुले हकप्रद भर्न पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । 

सीआस्वाको सदस्यता प्राप्त सबै बैंक तथा बित्तीय संस्था र तिनका तोकिएका शाखाबाट हकप्रदमा आवेदन दिन सकिनेछ । 

हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बढेर ७ अर्ब १ करोडको उचाईमा पुग्नेछ ।