काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमीटेडले आगामी भदौ ५ गतेदेखि १ बराबर २.८१ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ । 

फाइनान्सले १०० रुपैयाँ अंकित दरका ५९ लाख १ हजार  कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । फाइनान्सको हकप्रद खरीदका लागि योग्य सेयरधनीले असोज ८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी २१ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी बढेर ८० करोड १ लाखको उचाईमा पुग्नेछ । 

हकप्रद सेयर खरीदका लागि सनराइज क्यापिटल लिमीटेडको कमलपोखरीस्थित मुख्य कार्यालय, प्रोग्रेसिभ फाइनान्सको काठमाण्डौ न्यूरोडस्थित मुख्य कार्यालय, फाइनान्सको बनेपास्थित शाखा कार्यालय, सनराइज बैंक लिमीटेडका विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज, लहानमा दरखास्त संकलन, रकम जम्मा तथा आवेदन बुझाउन सकिनेछ । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै आस्वा सदस्य बैंक तथा बित्तीय संस्था तथा तिनका शाखाबाट समेत दरखास्त दिन सकिनेछ । 

आर्थिक वर्ष २०७४/७५ मा ६.८२ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको यो कम्पनीले आ.ब. ०७५/७६ मा १०.०३ तथा ०७६/७७ मा १३.४७ रुपैयाँ प्रतिसेयर आम्दानी हुने प्रक्षेपण गरेको छ ।