काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले कामना सेवा विकास बैंकले भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लिमीटेडसँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरी सम्झौता गरेको छ । 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । 

सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र भरतपुर सेन्ट्रल हस्पिटल प्रालिको तर्फबाट कार्यकारी निर्देशक शोभाखर घिमिरे र नेशनल सिटी हस्पिटलका तर्फबाट हस्पिटल प्रबन्धक विक्रम अधिकारीले हस्ताक्षर गरेका थिए ।