काठमाण्डौ । सर्वाधिक चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रचण्डपुत्री रेणुु दाहालले १४४ मतको अग्रता लिएकी छिन् । 

पछिल्लो अपडेट अनुसार रेणुुले १४ हजार १ सय ८८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिदन्दी एमालेका देवी ज्ञवालीले १४ हजार ४४ मत ल्याएका छन् । 

भरतपुरमा प्रतिस्पर्धा निकै तीव्र र चाखलाग्दो भएको स्थानीय पत्रकारहरुले बताएका छन् । आज बिहानसम्म एमालेका देवी ज्ञवालीले फराकिलो मत अन्तरले अग्रता लिइरहेका थिए । रेणुु दाहालले बिहान ११ बजेदेखि एक्कासी अग्रता लिन थालेकी हुन् ।