काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणनाको पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रले हार्ने संभावना बढ्दै गएको छ । हिजो दिउँसोदेखि केही घण्टा एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीको मतअन्तरलाई घटाएकी रेणुु दाहाल अहिले निकै पछाडि परेकी छिन् । 

पछिल्लो मत परिणाम अनुसार आज दिउँसोसम्म १५ सयको हाराहारीले अगाडि बढेका एमालेका ज्ञवालीले २ हजार बढी मतको अग्रता लिएका छन् । एमालेले मत प्राप्त नगर्ने भनिएका वडाहरुबाटै देवीको पक्षमा मत आएपछि र यही टेण्ड रहिरहे माओवादीले हार्ने संभावना बढेको स्थानीय पत्रकार बताउँछन् । 

पछिल्लो मतपरिणाम अनुसार एमालेका देवी ज्ञवालीले ३५ हजार ५ सय ८८ मत ल्याएका छन् । उनलाई रेणुु दाहालले ३३ हजार ५ सय ८२ मतले पछ्याइरहेकी छिन् ।