काठमाण्डौ । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवाली डेञ्जर जोन नजिक पुुगेका छन् । वडानम्बर १९ को २४०० मत गन्दा देवी ज्ञवाली २७१ मतले मात्र अगाडि छन्।

ज्ञवालीले ४१ हजार ७ सय ७४ मत ल्याएका छन् भने रेणुुले ४१ हजार ५ सय ३ मत प्राप्त गरेकी छिन् । वडानम्बर १९ को अझै ४ सय बढी मत गन्न बाँकी छ । 

यसरी हेर्दा वडानम्बर १९ को मतगणना सम्पन्न भइसक्दा रेणुुले देवीसँगको अग्रतालाई निकै साँघुरो घेरामा राखी डेञ्जर जोनमा पारिदिने संभावना बढेको छ । 

अब भरतपुरको मेयरको कुर्सीमा को बस्छ भन्ने छिनोफानो वडानम्बर २० ले गर्नेछ । यो वडामा ३ हजार ३ सय २ मत खसेको छ । 

पहिलाकै सन्दर्भ र परिस्थितिमा मत खसेकोले वडानम्बर २० लाई कांग्रेसले आफ्नो पकड क्षेत्र भने पनि एमालेले चाहि यहाँ मेयरमा भोट क्रस भई आफ्नो उम्मेद्वारलाई आउने दाबी गरिरहेको छ । तर, माओवादी र कांग्रेसका स्थानीय नेता चाहि वडानम्बर १९ को मतअन्तर घटाएर देवी ज्ञवालीलाई डेञ्जर जोनमा पार्न सकिए आफ्नो जित निश्चित भएको आँकलन गरेर बसेका छन् ।