काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले चितवनको भरतपुरमा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

बैंकले भरतपुर महानगरपालिका वडानम्बर १० मा शाखा कार्यालय स्थापना गरेको हो । 

एक औपचारिक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष तथा अवकाशप्राप्त उपरधी बज्र गुरुङले सो शाखाको उद्घाटन गरेका बैंकले जनाएको छ । 

कार्यक्रममा  मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहेको बताए । 

सेवाग्राहीहरुलाई सहज र सुरक्षित बैंकिङ सेवा प्रदान गर्न बैकले देशको सातै प्रदेशको ५९ स्थानमा उपस्थिति जनाइसकेको छ भने सातै प्रदेशको ग्रामीण क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता दिइने जानकारी पनि सो क्रममा गराएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरिने नीतिलाई अख्तियार गर्दै स्थानीयस्तरमा उद्यमशीलताको विकास गरी स्थानीय उत्पादकत्व बृद्धिका लागि सहकार्य गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा बैंकका संचालक विजयराम शर्मा भूसाल, भरतपुर १० का वडाध्यक्ष अरुण विनित भण्डारी, उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे लगायतले बोलेका थिए । 

कार्यक्रमका स्थानीय उद्योगी व्यवसायी, भद्रभलाद्मी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।