काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको मेयर पदको पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी उम्मेद्वार रेणुु दाहाल २४०० मतले पछाडि परेकी छिन् । 

दाहाललाई करिब २४०० मतले पछाडि छाड्दै एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीले २२ हजार १ सय ४४ मत प्राप्त गरेका छन् । रेणुु दाहालको १९ हजार ७ सय ५७ मत मात्र छ । 

उपमेयरमा कांग्रेसकी पार्वती शाह २२ हजार ६ सय १० सहित अगाडि छिन् । उनलाई एमालेकी दिव्या आचार्यले १९ हजार ६ सय ७१ मतले पछ्याइरहेकी छिन् ।