काठमाण्डौ । भरतपुरमा माओवादी कांग्रेसको रणनीति सफल भएको छ । एमालेले जित्ने अवस्था भएपछि पुनः मतदान गराउने योजनाका साथ २ माओवादी कार्यकर्ता परिचालन गरेर वडानम्बर १९ को मतपत्र च्यातिएको थियो ।

सो बिषयमा लामो समयसम्म अनिर्णित बनेको निर्वाचन आयोगले शनिवार एक विज्ञप्ति जारी गर्दै भरतपुरका १९ नम्बर वडाको सबै मत अबैध घोषित गरी पुनः मतदान गर्ने निर्णय गरिएको स्पष्ट पारेको हो । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतपत्र च्यातिएको र मतणनास्थल रणभूमिजस्तै भएको भन्ने प्रतिवेदन पठाएका थिए । त्यही प्रतिवेदनमा टेकेर आयोगले वडानम्बर १९ को सबै मतहरु अबैध घोषणा गर्दै पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगले आफ्नो निर्णमा भनेको छ–‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने ।’ 

आयोगले आफ्नो निर्णयमा ऐनको दफा ५० को उपदफा(५) बमोजिमत मतदान रद्ध गरिएका मतदान केन्द्रको पुनः मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । 

आयोगले आफ्नो निर्णयको बिषयमा जानकारी दिने उद्देश्यले जारी गरेको विज्ञप्ति यस्तो छ :