काठमाण्डौ । सर्वोच्च अदालतले करिब साढे २ महिनाको लामो बहसपछि भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने फैसला सुनाएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशदय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले निकै लामो बहस पैरवीपछि भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने फैसला सुनाएको हो । 

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत भरतपुर १९ को मतगणना भइरहँदा माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेका थिए । त्यसपछि यो बिषयले निकै ठूलो रुप लिएको थियो । निर्वाचन आयोगले बिषयलाई मिलाउन नसकेपछि सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले पनि निकै लामो समय लगाएर पुनः निर्वाचन गराउनुपर्ने आदेश सुनाएको हो ।