काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएसँगै एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले हार्नसक्ने जोखिम बढेको छ । 

१९ को मतगणना सकिँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाएर २२१ मा सीमित गरिदिएकी छिन् । यसको अर्थ देवी ज्ञवाली रेणुु भन्दा २२१ मतले मात्र अगाडि छन् । 

अब वडानम्बर २० को मत गन्न बाँकी छ । यो वडालाई कांग्रेसले आफ्नो गढ मान्दै आएको छ । यो वडामा २२१ मतको अन्तरलाई सजिलै उछिन्न सकिने भन्दै कांग्रेस नेताहरुले सामाजिक सञ्जालमा खुशी व्यक्त गर्न थालेका छन् । तर, वडानम्बर २० मा पुरानै परिस्थितिमा मत खसेकोले यसै भन्न सकिने अवस्था भने अझै छैन ।