काठमाण्डौ। चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मंगलबार बिहान मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय  वृद्धको बिहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ।  

ती वृद्ध सोमबार साँझमात्र नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएको थियो। उनलाई सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि उनमा मुट र निमोनियाको समस्यासमेत रहेको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए। 

मेसु तिवारीले गम्भीर प्रकृतिका बिरामीलाई नारायणी सामुदायिकअस्पतालले सामान्य अक्सिजनका भरमा भरतपुर अस्पताल सारेकोमा असन्तुष्टि जनाएका छन्। उनले यसलाई गम्भीर लापरबाही भनेका छन्। 

यता नारायणी सामुदायिक अस्पतालले भने यस विषयमा प्रतिक्रिया जनाएको छैन। 

शव आईसीयूमै छ। शव व्यवस्थापनको तयारी भइरहेको भरतपुर अस्पतालले जनाएको छ।