काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको महामारीका कारण अर्थतन्त्र डामाडोल भइरहेकै बेला अमेरिकी डलरको भाउ भने बलियो बन्दै गएको छ।

नेपाली मुद्राको तुलनामा पनि डलरको भाउ बलियो बन्दै गएको छ। आजमात्र डलरको भाउ ५६ पैसाले बढेको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.१६ रुपैयाँ र बिक्रीदर १२१.७६ रुपैयाँ पुगेको छ। यो भाउ हिजो सोमबारको तुलनामा ५६ पैसाले बढी हो। 

हिजो सोमबार प्रतिडलर खरिददर १२०.६० रुपैयाँ र बिक्रीदर १२१.२० रुपैयाँ रहेको थियो। 

डलरको भाउले गत अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो।