काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले भागर्व विकास बैंकलाई एकसय प्रतिशत हकप्रद निश्कासनको अन्तिम स्वीकृति प्रदान गरेको छ ।

पुस २७ गते यो बैंकलाई सतप्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिइएको बोर्डले जनाएको छ। 

यो विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ लाख ८१ हजार खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी १२ करोड रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी २४ करोड रुपैयाँ पुुग्नेछ । 

यसैबीच, कावेली विकास बैंकले ५० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यो बैंकले ३५ करोड ८८ लाख मूल्यको कुल ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद निश्कासनको माग गरेको हो । यसअघि यो बैंकले वितरण गर्ने भनेको २० प्रतिशत बोनस सेयरपछि चुक्तापूँजी ६ करोड ३७ लाख पुुग्नेछ । त्यसपछि जारी हुने ५० प्रतिशत हकप्रदपछि चुक्तापूँजी ९ करोड ५५ लाखको उचाईमा पुुग्नेछ ।