काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले काठमाण्डौको टंगालस्थित भाटभटेनीमा शाखा बिस्तार गरी बैंकिङ कारोबार थालेको छ । 

बैंकले जेठ ३१ गतेका दिन काठमाण्डौ महानगरपालिका वडानम्बर ४ स्थित भाटभटेनी, टंगालमा शाखाको स्थापना गरी कारोबार थालेको हो । 

योसहित बैंकको शाखा सञ्जाल संख्या ९६ पुगेको छ । 

बैंकले आगामी दिननमा अन्यत्र पनि शाखा बिस्तारको योजना बनाएको छ ।