काठमाण्डौ । विगत २० वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो बजार प्रवद्र्धनको लागि नेपालकै सबैभन्दा लोकप्रिय र प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमा आवद्ध गरेको छ ।

निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष हुने भएकोले भायानेटले आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि यो जोडीलाई आवद्ध गरेको हो । 

यस आवद्धताको बारेमा बोल्दै निश्चल र स्वस्तिमाले अहिलेको जमानामा इन्टरनेट नभई नहुने कुरा हो र भायानेटले जहिले पनि आफ्ना ग्राहकहरुलाई अपडेटेड राख्न मद्दत गर्ने उल्लेख गर्दै विश्वासिलो सेवाले गर्दा नै ब्राण्ड एम्बेस्डर बनेका जिकिर गरे । 

भायानेटका सीइओ सेवा पाठकले भने, हामीले जब भायानेटको लागि ब्राण्ड एम्बेस्डरको बारेमा सोच्यौं तब बहुमतले नै निश्चल बस्नेत र स्वस्तिमा खड्काको नाम अगाडि आयो, उहाँहरुलाई यसरी आवद्ध गर्न पाउँदा हामी ज्यादै खुशी छौं । भविष्यमा यस आवद्धताले सफलता पाउनेछ भनेर हामीले विश्वास लिएका छौं ।