काठमाण्डौ । सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुले विशेष छुट पाउने गरी हालै भारतस्थित बिएलके सुपर स्पेसियालिटी र नानाभाती सुपर स्पेसियालिटी हस्पिटलसँग सम्झौता गरेको छ । 

सो सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्डका ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले मंगलबार हस्ताक्षर गरे । 

यी हस्पिटल भारत स्थित दुई प्रतिष्ठित हस्पिटलहरु हुन्, जसले विभिन्न देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएका छन् । 

सम्झौता अनुसार सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिट कार्ड  ग्राहक वर्गले साधारण परिक्षण देखि भर्ना खर्चसम्ममा ५० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्टमेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।