काठमाण्डौ । भारतिय सिने जगतका महानायक अभिनेता अमिताभ बच्चनले कोरोनाले प्रभावित अल इन्डिया फिल्म एप्लाइज कन्फेडेरेसनमा आबद्ध एकलाख मजदुुरलाई एक महिनासम्म पुुग्ने रासन उपलब्ध गराउने घोषणा गरेका छन् । 

यस संगठनमा एक लाख मजदुुर आवद्ध छन् । 

अमिताभ बच्चनको यो निर्णयको तमाम भारतीय सामाजिक संगठनले सर्मथन गरिरहेका छन् । 

अमिताभ बच्चनले उपलब्ध गराउने यो सहयोग जानकारी फिल्म एप्लाई कन्फेडेरेसनका अध्यक्ष अशोक दुुवेले दिएका हुुन् । 

भारतीय फिल्म जगतमा ‘बिग बि’को उपनामले परिचित उनले जनतालाई घरभित्रै बसेर कोरोनाको लडाइमा सरकारलाई साथ दिन समेत अपिल गरेका छन् । 

यसअघि पनि भारतिय कयौ कलाकारहरुले कोरोना विरुद्ध लड्न आफ्नो तर्फबाट सहयोग गरिसकेका छन् । दक्षिण भारतिय फिल्मका सुुपर स्टार रजनीकान्तले पनि यसअघि फिल्म एप्लाई फेडेरेसन अफ साउथ इन्डियालाई ५० लाख भारतिय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।