काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटल बीच बैंकका डेबिट एवम् क्रेडिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे। 

हाल यो बैंकको देशभर २८४ शाखा रहेका छन् । यस्तै, २९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ भने करिब १६ लाख ग्राहक छन् ।