काठमाण्डौ । इकोनोमि कथिंकट्यांक नेसनल काउन्सिल अफ एप्लाइड इकोनोमिक रिचर्स (एनसीएईआर) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि भारतको जीडीपी विकास दरमा अझै गिरावट आउन सक्ने संकेत गरेको छ । 

एनसीएईआरको अनुमानमा लगभग सबै क्षेत्रमा देखिएको मन्दीका कारण आर्थिक वर्ष २०१९/२० को दोस्रो त्रैमासमा भारतको आर्थिक विकास दर ४.९ प्रतिशतले घट्नेछ । यसअघि विश्व बैंक, रिजर्भ बैंक अफ इन्डिया र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्षमा भारको विकास दर घट्ने अनुमान गरिसकेका छन् ।

हालै सार्वजनिक एसबीआईको रिपोर्टमा दोस्रो त्रैमासमा भारतको घरेलु उत्पादनको वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान गरिएको थियो । भारतको आर्थिक विकास दर आर्थिक वर्ष २०१८/१९ को पहिलो त्रैमासमा अहिलेसम्मकै सबैभन्दा बढी ८.१ थियो । तर त्यसपछि आर्थिक विकास दरमा गिरावट आउन थालेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक विकास दर ६ वर्षयताकै न्यूनतम स्तर ५ प्रतिशतमा झरेको थियो । यदि अब एनसीएआईआरको अनुमान सही साबित भएमा यसमा झनै कमी आउन सक्छ ।

एनसीएईआरले भारत अर्थव्यवस्थामा आपूर्तिको तुलनामा मागमा आएको भारी गिरावटले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक विकास दर ४.९ प्रतिशतले गिरावट आउने अनुमान गरेको हो । निजी तथा घरेलु मागमा पनि गिरावट आइरहेको छ । साथै टीभी, फ्रिजजस्ता कन्ज्युमर ड्युरेबल्स र खानपानका वस्तु र कपडाजस्ता कन्ज्युमर ननड्युरेबल्स वस्तुको औद्योगिक उत्पादनको सूचकांकमापनि गिरावटआइरहेको छ । यो नकारात्मक ग्रोथका कारण देशभित्र बसोबासो गर्ने मान्छेद्वारा गरिने खर्चमा पनि कमी आइरहेको छ।

यसैगरी गत आर्थिक वर्षको दोस्रो त्रैमासबाटै गुड्स एन्ड सर्भिसेजको निर्यात सेप्टेम्बरमा १.९ प्रतिशतमा सीमित छ । अक्टोबरदेखि त एक्सपोर्ट ग्रोथ नकारात्मक चलिरहेको छ ।

यस्तै लगानीको ग्रोथ पनि नकारात्मक र सरकारद्वारा गरिने खर्च पनि कम भएको छ । चारैतिरबाट मागको कमी आएकोले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक विकास दर कम हुने अनुमान गरिएको हो ।

भारतका किसानहरु पनि धेरै समयदेखि कष्टमा छन् । अहिले मनरेगा र प्रधानमन्त्री किसान सम्मान निधि योजनाजस्ता प्रमुख योजनाहरु सरकारले चलाइरहेको छ । जसले कृषि उत्पादनको माग बढावा दिइरहेको छ ।

उता संगठित क्षेत्रहरुमा जागिर खानेहरुलाई फरक नपरे पनि बेरोजगारका लागि झनै समस्या हुने भएको छ । हरेक वर्ष जागिरको खोजीमा आउने नयाँ युवा र प्रविधिमा आउने बदलाव र कम्पनी बन्द हुँदा प्रभावित हुने मानिसलाई समस्या हुने भएको छ । किनकि आर्थिक विकास दर कम हुँदा नयाँ जागिरको सिर्जना हुने अवस्था न्यून रहन्छ । – एजेन्सी