काठमाण्डौ । भारतबाट घर फर्किने स्थानीयको उद्धारमा अहोरात्र खटिएका बाँके राप्ती सोनारी गाउँपालिका एक वडाअध्यक्षमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

राप्ती सोनारी गाउँपालिकाका ४४ वर्षीय वडाअध्यक्षलाई बुधवार संक्रमन पुष्टि भएको हो। उनी 

ज्यालामजदुरी गर्न भारत गएकाहरू सीमासम्म आइपुगेपछि घरसम्म ल्याउन आफैं गाडी चलाएर रुपैडिहा जाने गर्थे। भारतबाट फर्केकाहरुलाई ओसार्दाओसार्दै उनी आफैँ संक्रमित हुन पुगेको गाउँपालिकाका कर्मचारीहरु बताउँछन् । 

ती वडा अध्यक्षले गत जेठ ७ गते भारतबाट आएका आफ्नो वडाका २७ जनालाई आफैं गाडी चलाएर घरसम्म ल्याएका थिए। ती २७ मध्ये एक युवक बिरामी थिए। एम्बुलेन्स बोलाएर राति नै नेपालगन्जको भेरी अस्पताल पुर्याइएका ती युवालाई अर्को दिन कोरोना पुष्टि भयो।

आफैंले उठाएका युवकलाई कोरोना पुष्टि भएपछि वडाध्यक्षले गत जेठ ११ गते आफूसहित छिमेकी वडाध्यक्षको समेत स्वाब संकलन गर्न लगाएका थिए। भेरी अस्पतालमा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखियो। छिमेकी वडाध्यक्षको रिपोर्ट भने नेगेटिभ आयो। 

ती वडासहित अन्य संक्रमित वडाले नै निर्माण गरेको आइसोलेनसमा बसेका छन्।