काठमाण्डौ । पेट्रोलियम पदार्थमा पूर्ण रुपमा भारतसँग निर्भर रहेको नेपालको इन्धन आयातको सुनिश्चिततासहित इन्धन खरिद सम्झौता नवीकरण गर्ने भएको छ ।

भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातको बजार विविधीकरण गर्ने निर्णय गरेको सरकारले अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने सम्भावना नभएपछि पूर्व सम्झौतामामा सामान्य थपघट गर्दै पाँच बर्षको लागि सम्झौता नवीकरण गर्न लागेको हो ।

सम्झौता नवीकरणमा ग्यास तेस्रो मुलुकबाट आयात गर्न सकिने व्यवस्था गरेपनि पेट्रोलियम पदार्थ नेपालको मागको आधारमा इन्डियन आयल कर्पोरेसनले दिन नसकेमात्र तेस्रो मुलुकबाट ल्याउन सकिने व्यवस्था थप गरिएको नेपाल आयाल निगमले जनाएको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।