नयाँदिल्ली । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले ५ जुलाईमा संसदमा आर्थिक वर्ष २०१९/२०२० को बजेट पेस गर्ने छिन् । यसका लागि बजेटका दस्तावेजहरु प्रकाशन सुरु भएको छ । 
 

बजेट दस्तावेज प्रकाशनलाई लिएर भारतमा एउटा अनौठो चलन चल्दै आएको छ । त्यो हो वित्त मन्त्रालयमै हलुवा पार्टी ।

बजेट दस्तावेज प्रकाशनअघि वित्त मन्त्रालयमै हलुवा पकाइन्छ । त्यसपछि मन्त्रीहरु र कर्मचारी मिलेर हलुवा खाएर पार्टी मनाउँछन् । त्यसपछि सुरु हुन्छ बजेट दस्तावेज प्रकाशनको काम । 
 

यो वर्ष पनि वित्त मन्त्रालयमा जुन २३ तारिख आइतबार वित्त मन्त्रालयमा बजेट दस्तावेज प्रकाशन आरम्भ गरियो । त्यसअघि एउटा कराईमा हलुवा पकाएर वित्तमन्त्री निर्मला सीतारमण र वित्त राज्यमन्त्री अनुराग ठाकुरसहित कर्मचारीहरुले हलुवा पार्टी गरे ।

हलुवा पार्टीमा करिब १०० जना कर्मचारी सहभागी दस्तावेज तयारमा जुट्ने छन् र जबसम्म संसद्मा हुँदैन तबसम्म उनीहरु कार्यालयबाट बाहिर निस्किन पाउने छैनन् । 
 

के हो त हलुवा पार्टी ?

हरेक वर्ष बजेटलाई अन्तिम रुप दिनअघि वित्त मन्त्रालयको नर्थ ब्लकस्थित कार्यालयमा एउटा ठूलो कराईमा हलुवा बनाइन्छ । वित्तमन्त्री आफैँ यो समारोहमा उपस्थित हुन्छन् । यस्तो समारोह भारतमा धेरै पहिलेदेखि नै हुँदै आएको छ । यसको मुख्य कारण एउटै छ कि कुनै पनि काम गर्नुअघि हलुवा बनाउनु र खुवाउनु शुभ मानिन्छ । त्यसैले त एउटा उखान नै छ नि ‘शुभ कामको सुरुआत मिठो खाएर गरिन्छ ।’
 

बजेटको गापनीयता

बजेट दस्तावेज तयार गर्न नाम चलेका अधिकारीहरु परिचालन गरिन्छन् । बजेट दस्तावेज तयार पार्न प्रयोग हुने सबै कम्प्युटर डीलिंक (अर्थात् अरु कम्प्युटरसँग कनेक्सन तोडिन्छ) गरिन्छन् ।

त्यस्तै बजेट दस्तावेज तयार पार्न परिचालित कर्मचारी करिब दुई÷तीन हप्तासम्म वित्त मन्त्रालय रहेको नर्थ ब्लकबाट बाहिर निस्किन पाउँदैछनन्। उनीहरु आफ्नो घरमा फोन गरेर वा मोबाइलमा समेत कुराकानी गर्न बन्देज लगाइएको हुन्छ । उनीहरु संसदमा बजेट पेस भएपछि मात्रा त्यहाँबाट बाहिर पाउँछन् । 

नर्थ ब्लकको बेसमेन्टस्थित प्रेसमा ती कर्मचारीलाई बन्द गरेर राखिन्छ । जहाँ बजेट दस्तावेज प्रिन्ट हुन्छ । बजेटको गोपनीयताका लागि यस्तो गरिएको हो । - एजेन्सी