झापा । नेपाली पक्षले कागजी प्रक्रिया पुरा गरे निकासी नरोक्ने बताएको भारतीय पक्षले सर्भर विग्रिएको कारण देखाउँदै नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार गरेको छ । 

भारतीय अनिच्छाका कारण काँकडभिट्टाको मेची भन्सार परिसरमा अदुवा बोकेका ६० भन्दा बढी ट्रक थन्किएका छन् । 

मंगलबार दिनभरजसो नै ट्र थपिने क्रमज जारी रह्यो । तर, भारती पक्षल निकासी प्रक्रिया अघि बढाउन ईच्छा नदेखाउँदा लामो समयदेखि नाकामा थन्किाएका अदुवा कुहिने अवस्थामा पुगेका छन् । यो खबर आजको नागरिकमा छापिएको छ ।