काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित हुने देशमा भारत तेस्रो स्थानमा उक्लिएको छ।

वल्र्डमिटर्सको तथ्यांकअनुसार रसियालाई पछि पार्दै भारत कोरोनाबाट अतिप्रभावित तेस्रो देश बनेको हो। ताजा तथ्यांकअनुसार भारतमा सोमबार बिहानसम्म कोरोनाबाट ६ लाख ९७ हजार ८३६ जना संक्रमित भइसकेका छन्। तीमध्ये १९ हजार ७०० को ज्यान गइसकेको छ। 

उता रसियामा भने हालसम्म ६ लाख ८१ हजार २५१ जना संक्रमित भएका छन्। जसमा १० हजार ५८९ जनाको मृत्यु भइसकेको छ। 

अतिप्रभावित देशको सूचीमा अमेरिका अग्रस्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ। अमेरिकामा हालसम्म १९ लाख ८२ हजार ९२८ जना संक्रमित भइसकेका छन् भने ब्राजिलमा १६ लाख ४ हजार ५८५ जना संक्रमित भएका छन्। 

यो संक्रमणबाट अमेरिकामा १ लाख ३२ हजारको ज्यान गइसकेको छ। ब्राजिलमा ६४ हजार ९०० को मृत्यु भइसकेको छ। 

हालसम्म विश्वर यो भाइरसबाट १ करोड १५ लाख ५७ हजार ८१० जना संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ५ लाख ३६ हजार ७८६ जनाको ज्यान गइसकेको छ भने ६५ लाख ३५ हजार ५९८ जना निको भएर घर फर्किसकेका छन्। – एजेन्सी