काठमाण्डौ। हिन्द महासागरको तल रहेको विशाल टेक्टोनिक प्लेट टुुक्रिने भएको छ।

एउटा अनुुसन्धानका अनुुसार भारत र अस्ट्रेलियाको बीचमा रहेको टेक्टोनिक प्लेट भविष्यमा आफैँ दुुई हिस्सामा विभाजित हुुनेछ। अनुुसन्धानकर्ताहरुका अनुुसार यो प्लेट टुुक्रिएपछिको असर मानव जातिमा लामो समयपछि देखिनेछ। 

यो भारत–अस्ट्रेलिया क्यार्पिकन टेक्टोनिक प्लेटका रुपमा पनि परिचित छ। अनुुसन्धानकर्ताहरुले यो टेक्टोनिक प्लेट धेरै सुुस्तगतिमा टुुक्रिरहेको बताएका छन्। 

यसको टुुक्रने गति ०.०६ अर्थात १.७ मिलिमिटर प्रतिवर्ष रहेको छ। यस हिसाबले यो प्लेटलाई दुुई भागमा टुुक्रिन १० लाख वर्ष लाग्नेछ र यो अवधिमा करिब १ माइल अर्थात १.७ किलोमिटरको दूरीमा चिप्लनेछ।

सहायक अनुसन्धानकर्ता औरेली कोडिऔरले लाइभ साइन्समा प्रकाशित एक प्रतिवेदनमा यो प्लेट यति सुुस्तगतिमा अलग भइरहेको छ कि सुुरुआतमा यसबारै कसैलाई थाहा नहुुने र यो घटना धेरै महत्वपूर्ण रहेको बताएकी छन्। टेक्नोटिक प्लेट टुुक्रिँदा या अलग हुुँदा यसले पृथ्वीको संरचनामा व्यापक बदलाव ल्याउनेछ। 

अनुुसन्धानकर्ताहरुले सुुरुआतमा पानीमुुनि भइरहेको यो घटनालाई बुुझ्न सकेका थिएनन्। तर जब दुुईवटा सशक्त भइँचालोको उद्गमथलो हिन्द महासागर भएको पत्ता लगाए तब उनीहरुले पानीमुुनि केही हलचल भइरहेको भन्ने थाहा पाए। यो भूकम्प हिन्द महासागरमा इन्डोनेसियाको नजिक ११ अप्रिल २०१२ मा ८.६ रेक्टरका साथ आएको थियो। यो भुुकम्प असामान्य थियो किनकि यो सधैँजसो सबडक्सन जोनमा आएको थिएन जहाँ टेक्टोनिक प्लेट चिप्लने गर्दछन्। 

यो भुइँचालो टेक्टोनिक प्लेटको बीच भागबाट उत्पन्न भएको थियो। औरेलीले यो घटना अनौठो भएको र एउटामात्रै प्लेट नभएर तीनवटै प्लेटहरु आपसमा जोडिएर एउटै दिशामा अगाडि बढिरहेको बताएकी छन्। – एजेन्सी