काठमाण्डौ । पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन देशका विभिन्न गन्तव्यहरुको परिचय दिने उद्देश्यले सानमिगेलको‘एक्सप्लोर’ अभियान प्रारम्भ भएको छ । 

‘एक्सप्लोर’अभियानको सुरुवात सानमिगेल बु्रअरी, फिलिपिन्सबाट सुरु भएको हो । सोही अभियानलाई पछ्याउँदै नेपालमॉएक्सप्लोर’अभियानले देशभित्रका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँका गन्तव्यहरुका प्रचार गर्ने उद्देश्य राखेको छ । 

यस अभियानअन्तर्गत नेपाली जगतका लोकप्रिय युट्युभर्सलाई सहभागी गराई उनीहरुको अनुभवलाई युट्युबमार्फत प्रचार–प्रसार गराइनेछ ।

ख्यातिप्राप्त यूट्यूभर्स घुमन्ते चेतनराज कार्की, सिसन बानियाँ र ‘नेपाल’ एट्थ वन्डर पर्यटन प्रचारका लागि कञ्चनजंघ बेसक्याम्प, भोटेकोशी, अन्नपूर्ण बेसक्याम्प र एभरेष्ट बेसक्याम्पको जीवनशैली र अन्य विधाको अध्ययन गरी युट्युबमार्फत प्रचार–प्रसार गर्नेछन् ।

नेपालका विभिन्न भाग पर्यटकीय दृष्टिकोणले अत्यन्त आकर्षक भएको र तिनीहरुले प्रशस्त पर्यटनको सम्भावना बोकेकाले त्यस्ता ठाउँहरुलाई प्रचार माध्यमले प्रवद्र्धन गर्ने उद्देश्य‘एक्सप्लोर’अभियानले बोकेको छ । यसबाट आन्तरिक एवं बाह्य पर्यटनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सन् १९९४ देखि नेपालीमाझ लोकप्रिय सानमिगेलले केवल रमाइलो र साहस मात्र नभई प्रकृति, मित्रता र विश्रामको गहिराई पत्ता लगाउन उत्प्रेरित गरेको छ भने ‘एक्सप्लोर’ क्याम्पेन मार्फत भिजिट नेपाल २०२० को आगमनको साथ दिंदै नयाँ ठाउँ नयाँ खोज अनि भिन्न रोजाई पस्कने अपेक्षा गरिएको छ ।