काठमाण्डौ । मानिस आङ्खनो जीवनकालको औसत ४० प्रतिशत समय (दैनिक १० घन्टाको हिसाबले) कुर्सीमा बिताउँछन्।  कुर्सीमा बस्ने बसाइ तरिकाले हाम्रो शरीरअनुसार मेल खाएन भने स्पाइनल कर्ड अर्थात कम्मर, घाँटी दुख्ने समस्याका साथै शरीरमा रक्त संचारलाई कमजोर पार्दै जान्छ ।

शोधकर्ताहरुले यसका लागि इर्गाेनोमिक्स कुर्सीको डिजाइन गरे। जुन मानिस शरीरको बनावटअनुसार समायोजन गर्न मद्दत गर्छ तथा यस प्रकारका समस्याबाट टाढा राख्छ ।

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिफ्माबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको “भिबोन” ब्राण्डका कुर्सी अब नेपालमा उपलब्ध छ ।

काठमाण्डौको महाराजगन्ज चक्रपथस्थित हलेशी डेकोरमा कम्पनीले इर्गाेनोमिक्स कुर्सीको अनुभव तथा बिक्री केन्द« स्थापित गरेको छ । भविष्यमा देशका अन्य प्रमुख भागहरुमा यस्ता केन्द्रहरु स्थापना गर्ने योजना कम्पनीको छ ।

घर, अफिस तथा अन्य प्रयोजनका लागी ४० भन्दा बढी डिजाइनका भिबोन इर्गाेनोमिक्स कुर्सीको अनुभव अब नेपालमा यस कम्पनीले उपलब्ध गराएको छ ।