काठमाण्डौ । भिबोर सोसाइटी डभेलपमेन्ट बैंकले २२२ दिने मुद्धती निक्षेप योजना ल्याएको छ । 

यो योजना अन्तर्गत ग्राहकले ९ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ । 

यो मुद्धती योजनाको अवधि २२२ दिन रहनेछ  । बैंकले आफ्ना ४२ वटा शाखा तथा एक एक्सटेन्सन काउण्टरबाट मुद्धती खातामा ९ प्रतिशत ब्याजदरको लाभ लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।