काठमाण्डौ । भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ ।

मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लिमिटेडको जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो । बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनका लागि मुक्तिनाथ कृषिकम्पनी र पूँजीबजार (मर्चेन्ट बैंकिङ) प्रवद्र्धनका लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ ।

समावेशीवित्तीय सेवाको अलवा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ठ सेवाप्रदान गर्ने बैंकले लक्ष्य लिएको छ । हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीलाई आधुनिक बैंकिङ र साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचनाअधिकारी तिलबहादुर गुरुङले बताएका छन्।