काठमाण्डौ । भूमिज कलेक्सन एण्ड बुटीकले कुपण्डोलमा आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ । काठमाण्डौंको नयाँ सडकबाट महिला पहिरनका उत्पादनको तीव्र बजारीकरण गरिरहेको भूमिजले सेवाग्राहीको चाप बढेपछि ललितपुरको कुपण्डोलमा शाखा बिस्तार गरेको हो । 

शनिबार एक कार्यक्रमकाबीच नायिका सञ्चिता लुईटेल तथा ओशो तपोवनका सञ्चालक स्वामी अनन्द अरुणले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरेका छन् । 

शाखा उद्घाटनको अवसरमा कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा असार महिनाभरी ग्राहकले विशेष किसिमको उपहार तथा छुट पाउने घोषणा गरिएको छ ।

फेशन डिजाईनिङ पेशामा आबद्ध ममता गुप्ता र मञ्जु खरेलले संयुक्त रुपमा नयाँ सडकमा ३ वर्ष पहिले बुटीक सञ्चालनमा ल्याएका थिए । ३ वर्षको अवधिमा आफ्ना उत्पादनले स्वदेश तथा विदेशमा बेग्लै पहिचान बनाएको भन्दै त्यो सफलतालाई अझै बिस्तार गर्न शाखा बिस्तार गरिएको सञ्चालकको भनाई छ ।

समयअनुसार चलनचल्तीको फेशनमा नौलो प्रयोग गरिएका उत्पादनहरु सुपथ मूल्यमा सहज तरिकाले उपलब्ध गराएका कारण बजार बिस्तार सहज बनेको कलेक्सनकी सञ्चालक ममता गुप्ताको भनाई छ । 

‘जे देखियो, त्यही पाइयो भन्ने नयाँ प्रयोगका कारण पनि बुटीकको व्यापार तिब्र रुपमा बिस्तार भैरहेको छ । सेवाग्राहीलाई बुटीकले भिडियो कलबाट पहिरनको डिजाइन, नाप तथा अन्य विबरण लिएर सेवाग्राहीको घरमा सामान पुर्याउने गरेकाले हाम्रो लोकप्रियता बढेको छ ।’ भूमिज कलेक्सनका अर्का सञ्चालक मञ्जु खरेलले भनिन् । भूमिजको फेसबुक पेज, युट्युब च्यानल तथा आफ्नै वेबसाइट भूमिजअनलाइन डटकमबाट सिधै डिजाइन छनौट गरी खरिद गरिने उत्पादन सिधै स्वदेश तथा विदेशमा रहेका ग्राहकले कुरियरमार्फत पाउने छन् । 

बुटीकले विभिन्न फेशन शो, व्युटी पेजेण्ट जस्ता इभेण्टहरुको फाइनल राउण्डमा सहभागि मोडलहरुको ड्रेस डिजाइन गरि सकेको छ । विभिन्न शोहरुमा ड्रेस डिजाइन गरेर बुटीकले सर्टिफिकेट अफ एप्रिसिएशन समेत पाएको छ ।

पछिल्लो समय बुटीक कल्चर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै उत्कृष्ट उत्पादनको बिक्री बितरण गर्ने लक्ष्य भूमिज कलेक्सनले लिएको छ । यसका लागि बुटिकले स्वदेश तथा विदेशमा थप शाखाहरु बिस्तार गर्दै लैजाने योजना बनाएको छ ।