काठमाण्डौ । हालसम्म कोरोना संक्रमित नदेखिएका थप ४ जिल्लामा समेत संक्रमण पुगेको छ । योसहित नेपालका ७७ मध्ये ६८ जिल्लामा कोरोना संक्रमण विस्तार भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरका विभिन्न २१ प्रयोगशालामा गरिएको परीक्षणमा २७८ नयाँ संक्रमित थपिएका छन् । योसहित देशमा कुल संक्रमितको संख्या २९१२ पुगेको छ । 

शुक्रबार प्रदेश १ को भोजपुर जिल्लामा समेत संक्रमित फेला परेका छन् । योसहित प्रदेश १ का १२ जिल्लामा संक्रमण बिस्तार भएको छ । 

यस्तै, गण्डी प्रदेशका समेत गोरखा र कास्की जिल्लामा समेत संक्रमित फेला परेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार अब गण्डकिा ९ जिल्लामा संक्रमित फेला परेका छन् । कर्णालीको हुम्लामा समेत संक्रमित फेला परेका छन् । योसहित कर्णालीमा कोरोना संक्रमण विस्तार भएका जिल्लाको संख्या ७ पुगेको छ ।

बागमति प्रदेशमा १२ जिल्लामा संक्रमण फैलिइसकेको छ भने प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा सबै जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएकामध्ये विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ जना सुनसरीका, झापाका १ तथा मोरंगको रतुवामाईका ६ जना रहेका छन् । 

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा २२ संक्रमितको पहिचान भएको छ । ती अर्घाखाँची, नवलपरासी, पाल्पा र रुपन्देहीका रहेका छन् ।

हेटौडास्थित किटजन्स रोग अनुसन्धान प्रयोगशालामा गरिएको परीक्षणमा सिनधुलीको ३, बाराका  २ जनामा संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रादेशिक प्रयोगशालाबाट तनहुँका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १९ जना नयाँ संक्रमितको पहिचान भएको छ । उनीहरुमध्ये भोजपुरको षडानन्द नगरपालिकाका ५ जना, झापाको गौरीगञ्जका एकजना, सुनसरीको हरिनगरा र बराहका १३ जना रहेका छन् । 

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणका क्रममा कैलालीको धनगढीका ४, अछामको साँफेबगरका एक, बझाङका एक, डडेलधुराका ५ गरी कुल ११ जनामा संक्रमण देखिएको छ। 

काभ्रेको धूलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका १७ जना, काभ्रेको पाँचखाल, पनौति लगायतका ५ जनामा संक्रमण पुष्टि भएको छ । 

विराटनगरका कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाको कचनकवलका १० जनामा संक्रमण देखिएको छ। 

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको दुल्ली र महागडीइका ९० जना, जुम्लाको चन्दनाथका ३ जना, हुम्लाको चम्खेलीका(हाल जुम्लामा कार्यरत) क एकजना, दोलखा घर भई जुम्लामा कार्यरत अर्का एकजना, रामेछाप घर भई जुम्लामै कार्यरत अर्का एकजनार गोरखा घर भई जुम्लामै कार्यरत थप एक जनामा संक्रमण पुष्टि भएको छ । 

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुर्खेतको सिम्टा र दाङका लमहीका २ जनामा संक्रमण देखिएको छ। 

यसैगरी, काठमाण्डौको टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको छ । 

उनीहरुमध्ये बारा विश्रामपुरका एकजना, धनुषाका देवपुराका ४ जना, गुल्मी चन्द्रपुरका स्थायी ठेगाना भई हाल काठमाण्डौको निजी अस्पतालमा उपचारको क्रममा रहेका ७६ वर्षीय पुरुष, कपिलवस्तुको यशोधराका ४४ जना, कास्की स्थायी ठेगाना भई काठमाण्डौका निजी अस्पालमा उपचाररत ६० वर्षीय पुरुष, महोत्तरी जलेश्वरका १७ जना र रौतहटका ६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४३ संक्रमित डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुने संक्रमितको संख्या ३३३ पुगेको छ ।