काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडको २ लाख ५२ हजार ६ सय ६९ कित्ता अबितरित सेयर पुस ९ गते(भोलि)देखि लिलामीबाट बिक्री खुल्ला हुने भएको छ । 

बैंकको बिक्री नभएको संस्थापकतर्फको ४६ हजार ८२ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ६ हजार ५ सय ८७ कित्ता सेयरको लिलामी खुलाउने भएको हो । 

केही साताअघि यो बैंकले हकप्रदको निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको सेयर लिलामीबाट बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

इच्छुक लगानीकर्ता व्यक्ति वा संघसंस्थाले न्यूनतम १०० रुपैयाँ मूल्य राखी न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्ने बताइएको छ । 

सेयरको बोलकबोलबाट बिक्रीका लागि एनआइबिएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

बिक्री प्रबन्धकको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालय, ललितपुरको लगनखेलस्थित  शाखा कार्यालय, ओम डेभलपेमन्६बैंक लिमीटेडका पोखरास्थित केन्द्रीय कार्यालय र बुटवलस्थित शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज र धनगढीस्थित शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

भोलिदेखि खुल्ने लिलामीमा पुस ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

यो विकास बैंकको दोश्रो बजारमा प्रतिकित्ता अन्तिम बिक्री मूल्य २६० रुपैयाँ रहेको छ ।