काठमाण्डौ । नेपालका लागि सुजुकी फोर ह्विलरको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्ग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो भोलि (बुधबार) पुस २३ गतेदेखि २५ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनुहुनेछ । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधा पाउनुहुनेछ ।

त्यसैगरी एसडीटी डायग्नोसिसमा ग्राहकले ५० प्रतिशत पाउनुहुनेछ । यसका साथै यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउनुहुनेछ ।

सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।