काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रु. ५० दरका नयाँ नोट असार २२ गतेदेखि चलनचल्तीमा ल्याउने भएको छ । 

नक्कली नोटको प्रयोगबाट सर्वसाधारण जोगिउन् भन्ने उद्देश्यले बैंकले नयाँ नोटको विशेषताहरु सार्वजनिक गरेको छ । 

नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार रु. ५० दरका साबिककै आकार, प्रकार तथा रंगमा संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्रबैंकबाट रुपैयाँ ५० तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट बजारमा आउने भएको हो । 

रु. ५० दरका नयाँ नोटका विशेषता यसप्रकार छन्:

नोटको अग्रभागमा
१.नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
२.नोटको दायाँतर्फ लालीगुँरासको पानी छाप रहेको ।
३.नोटमो गभर्नरनको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जिवी नेपालको दस्तखत रहेको । 
४.नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा वि.सं. २०७५ लेखिएको  । 

नोटको पृष्ठ भागमा
१.नोटको मध्यभागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको । 
२.नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको । 
३.नोटको तल्लो भागको बोर्डरमा अंग्रेजी RUPEES FIFTY लेखिएको । 
४. नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा 2019 A.D.लेखिएको ।