काठमाण्डौ । कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहिले मुलुकभर यातायात साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ।

यसबीच यातायात व्यवस्था विभागले पनि सोमबारदेखि आफ्ना मातहतका कार्यालयहरुमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ। जसअनुसार अबर जोर गते जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन र सवारीचालक अनुमतिपत्र नवीकरण हुनेछ। इम्बोस्ड नम्बर प्लेटसम्बनधी काममका लागि पनि जोरबिजोर नियम लागू हुनेछ। 

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडाका अनुसार गत साउन २० गते मन्त्रीस्तरीय निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका सबै यातायात कार्यालयहरुमा यो नियम लागू हुनेछ। अर्को सूचना नहुन्जेलसम्म यो नियम लागू हुने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। 

कोरोना संक्रमण बढिरहेका बेला यातायात कार्यालयहरुमा भीडभाड बढेका कारण नयाँ नियमले केही हदसम्म जोखिम कम हुने मन्त्रालयको विश्वास छ।