काठमाण्डौ । दशैंको दक्षिणा कत्तिको जोगाउनुुभयो ? दशैंखर्चबाट कति बचत गर्नुभयो ? केही रकम बचत छ भने आज(असोज १८)देखि निश्कासन हुने सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाको आइपीओमा लगानी गर्न सक्नुुहुनेछ । 

यो माइक्रोफाइनान्स कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका कुल १ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । 

दशैंको कोजाग्रत पूर्णिमाको ठीक अघिल्लो दिनदेखि निश्कासन हुने आइपीओमध्ये ५ प्रतिशत ११ वटा म्युुचुुअल फण्डहरुका लागि छुट्याइएको छ । आइपीओमा असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

सपोर्टको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ।  

इच्छुक सेयरधनीले न्यूनतम ५० कित्ताको दरले आवेदन दिन सक्नेछन् । यसको अर्थ ५ हजार रुपैयाँ भए यो कम्पनीको आइपीओमा लगानी गर्न सकिनेछ । विशेषगरी दशैंको दक्षिणा भेला पारी फजूल खर्च गर्नेहरुका लागि यो कम्पनीको आइपीओ लगानीको राम्रो विकल्प बन्नसक्छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डले साउन २० गते आइपीओ निश्कासनको अनुमति दिएको थियो ।

आइपीओपछि यो माइक्रो फाइनान्सको चुक्तापूँजी ६ करोड रुपैयाँ पुुग्नेछ भने संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७०ः३० प्रतिशतमा रुपान्तरण हुनेछ । 

यो माइक्रो फाइनान्सले आर्थिक वर्ष ०७३/७४ मा ४८ लाख बढी खूद नाफा आर्जन गरेको छ ।