काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले नबिकेको ५ लाख ८२ हजार ८४४ कित्ता सेयर भोलि बुधबारदेखि लिलामीमा राख्ने भएको छ । 

संस्थाले हालै आफ्नो चुक्त पुँजी ६५ करोड ५० लाखको ५०% अर्थात ३२ करोड ७५ लाख मूल्यबराबरको हकप्रद सेयर निष्कासन गरेको थियो । संस्थाले रु. १०० अंकित ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा जम्मा २६ लाख ९२ हजार १५६ कित्ता सेयरका लागि ५० हजार २८७ वटा आवेदन परेको थियो । यो कुल निष्काशित हकप्रद सेयरको ८२.२१% हुन आउँछ । 

संस्थाले नबिकेको १७.७९% हकप्रद सेयर लिलामीमा राख्न लागेको हो। जसमा संस्थापक समूहतर्फको ३ लाख ९२ हजार ३९३ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ९० हजार ४५१ कित्ता लिलामीमा राखिने छ ।  

लगानीकर्ता साउन १५ गतेसम्म न्यूनतम रु १०० वा सोभन्दामाथि दररेट कायम गरी गोप्य शिलबन्दी पेस गर्नुपर्ने छ । 

सेयरको बिक्री प्रवद्र्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआईबीएल एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालय तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लेगनलेख ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगन्ज र गोल्छाचोक विराटनगरमा तथा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुलसीपुर, दाङ, सुर्खेत,  नेपालगन्ज र धनगढीमा तथा ग्रिन डेभपलपमेन्ट बैंक लिमिटेड बागलुङमा बोलपत्र आवेदन दिन सक्नेछन् । 

यो लिलामीसहित कुल हकप्रद सेयर बिक्रीसँगै संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ । यो संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेश्रो त्रैमाससम्म १६ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ ।