काठमाण्डौ । विश्वका ठूला कार निर्माता कम्पनीहरु भोल्सवागेन र टोयोटाले युुरोपमा रहेका आफ्ना प्लान्टहरु अर्काे सातादेखि पुुनः खोल्ने भएका छन् ।

प्लान्ट खोल्ने भए पनि कम्पनीहरु उत्पादन क्षमता भन्दा पनि कर्मचारी र ग्राहकको स्वास्थ्य तथा सुुरक्षामा बढी केन्द्रीत हुुनेछन् । कोरोनाको महामारीले सबैभन्दा बढी प्रभावित यो क्षेत्रमा लकडाउन हट्ने भएपछि कार निर्माता कम्पनीहरुले आफ्ना प्लान्टहरु पुुनः खोल्ने निर्णय गरेका हुुन् । 

भोल्सवागेनले बुुधबार एक विज्ञप्तिमार्फत एक महिना देखि जर्मनीको ज्विकाउ र ब्राटिस्लावामा बन्द रहेका प्लान्टहरु अप्रिल २० देखि पुुनः सञ्चालन गर्ने जनाएको थियो । 

कम्पनीका अनुुसार जर्मनीबाहेक पोर्चुुगल, स्पेन, रसिया र संयुुक्त राज्य अमेरीकामा रहेका प्लान्टहरु पनि सोही सातादेखि सञ्चालन गरिनेछन् । 

त्यस्तै दक्षिण अफ्रिका, अर्जेन्टिना, ब्रजिल र मेक्सिकोका प्लान्टहरु पनि मे महिनामा सञ्चालन हुुने विश्वास लिइएको कम्पनीले जनाएको छ । “जर्मनीका केन्द्रीय र राज्य सरकारले लिएको निर्णय र युुरोपका सरकारहरुले प्रतिबन्धलाई खुुकुुलो बनाएपछि कम्पनीका लागि पुुनः उत्पादन सञ्चालन गर्ने अवस्था सिर्जना भएको छ ।” भोल्सवागेनका  चिफ अपरेटिङ अफिसर राल्फ ब्रान्डस्ट्याटरले बताए । 

टोयोटाले फ्रान्स र पोल्याण्डमा मार्च महिनाको मध्यतिरदेखि रोकिएको प्लान्टको उत्पादनलाई अप्रिल २२ देखि पुुनः सञ्चालन गर्ने जनाएको छ । 

कम्पनीले अब उत्पादन क्षमतालाई सिमित मात्रामा मात्रै सञ्चालन गर्ने छ । टोयोटाले फ्रान्समा पहिलो दुुई साता सिंगल सिफ्टमा काम गर्ने जनाएको छ । “भोल्युुमको दवाब नभएकाले स्वास्थ्य र सुुरक्षालाई ध्यान दिएर पुुन उत्पादन सुुरु गर्ने यो सबैभन्दा उत्तम समय हो ।” जापानिज कार निर्माता कम्पनी टोयोटाले आफ्नो विज्ञप्तिमा भनेको छ । 

इटली, डेनमार्क, अष्ट्रिया, स्पेन र चेक रिपब्लिकमा पनि दैनिक जीवनमा लगाइएका प्रतिबन्धहरु कम गर्न सुुरु गरिएको छ । प्रतिबन्धहरु कम हँुुदै गएपछि आर्थिक मन्दीसँग जुुधिरहेका अटो उद्योगका लागि केही राहात प्रदान हुुनेछ ।