काठमाण्डौ । सिभिल बैंक लिमीटेडले आगामी मंसिर २२ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । 

बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ७ लाख ४० हजार ८ सय ८६.७५ कित्ता सेयरको बिक्री खुल्ला गर्ने भएको हो । 

इच्छुक सेयरधनीले पुस २७ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिन सक्ने बताइएको छ । 

हाल यो बैंकको चुक्तापुँजी ५ अर्ब १८ करोड ५२ लाख रहेको छ । हकप्रद सेयरको बिक्रीपछि चुक्तापूँजी बढेर ७ अर्ब २५ करोड ९३ लाखको उचाईमा पुुग्नेछ । 

सिभिल बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । 

इच्छुक सेयरधनीले काठमाण्डौको बानेश्वरस्थित लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको मुख्य कार्यालय, सिभिल बैंक लिमीटेडको कमलादीस्थित मुख्य कार्यालय र देशैभरका शाखा कार्यालयहरु, सुन्धारास्थित सिभिल क्यापिटल लिमीटेडको मुख्य कार्यालय, आस्वा सदस्य बैंक तथा बित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता १८९ रुपैयाँ रहेको छ ।