काठमाण्डौ । माउण्ट मकालूू डेभलपमेन्ट बैंकले आगामी मंसिर ७ गतेदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो बैंकले १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ४५ हजार ८ सय कित्ता सेयर निश्कासन गर्ने भएको हो । 

सोमबार प्रकाशित आह्वानपत्र अनुसार मंसिर ७ गतेदेखि निश्कासन हुने हकप्रदमा सेयरधनीले पुस १२ गतेसम्म आवेदन दिनसक्नेछन् । 

यो बैंकले हकप्रद प्रयोजनका लागि कात्तिक १६ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ कात्तिक १५ गतेभित्र यो बैंकको सेयर खरीद गरेकाहरुले हकप्रद भर्न पाउनेछन् । हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ । 

इच्छुक सेयरधनीले काठमाण्डौको लाम्पिाटस्थित बिक्री प्रबन्धकको मुख्य कार्यालय, मकालुु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न पाउनेछन् । 

मकालुु विकास बैंकको २०७३ फागुन २५ गते सम्पन्न छैठौ वार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । यो बैंकको हाल चुक्तापूँजी ६ करोड ९१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी वृद्धि भई १० करोड ३७ लाखको उचाईमा पुुग्नेछ ।