काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाअन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ । 

सो एक्सटेनसन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

बैंकले यसअघि नै मकवानपुरको हेटौंडा तथा मनहरी गरेर दुई स्थानमा आफ्ना शाखा कार्यालयहरु स्थापना गरिसकेको छ । 

रजैया एक्सटेन्सन काउण्टरबाट यस बैंकले उक्त क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, ए.बि.बि.एस. सुविधालगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध गराउनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।