काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले मकवानपुरको पालुङ बजारमा आफ्नो शाखा स्थापना गरेको छ ।

पालुङ्ग शाखा मकवानपुर जिल्ला, थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले समुद्घाटन गर्नुभएको थियो । सोही अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो ।

बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, विकासचोक, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौडा बजार लगाएत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ । २०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा र हाल पालुङ्ग गरी कुल १७ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालयसहित गरी हाल १९ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।