काठमाण्डौ । मञ्जु श्री फाइनान्सले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । 

असोज १२ गते बसेको कम्पनीको १३० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको हो । साथमा कर प्रयोजनका लागि ०.७४ प्रतिशत नगद लाभांश वितरणको समेत प्रस्ताव गरिएको छ । 

बोर्डको प्रस्ताव नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र सेयरधनीले घोषित सेयर र नगद लाभांश प्राप्त गर्नेछन् । 

गत वर्ष यो फाइनान्सले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट आफ्ना सेयरधनीलाई ११.४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

मञ्जुश्रीले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ३ करोड ३० लाख खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी २५ करोड ६ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि २८ करोड ५६ लाख पुग्नेछ ।