काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । 

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिले लाभांश प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको कुल ११.५५ प्रतिशतले हुन आउने ९ करोड २८ लाख ६८ हजार ९५४.२५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा ९.८० प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ९७ हजार ९००.५८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) र १.७५ प्रतिशतले हुन आउने १ करोड ४० लाख ७१ हजार ५३.६७ रुपैयाँबराबरको बोनस सेयर रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।