काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

फाइनान्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट फाइनान्सले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रसताव गरेको कुल ११.५५ प्रतिशत लाभांश अनुमोदन गर्ने छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको ९.८० प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ९७ हजार ९००.५८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र १.७५ प्रतिशतले हुन आउने १ करोड ४० लाख ७१ हजार ०५३.६८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारणसभा र लाभांश प्रयोजनाका लागि फाइनान्सले पुस १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।